हाम्रो वेबसाइटमा तपाईंको स्वागत छ, इस्लाम नै त्यो धर्म हो जसलाई अल्लाहले रोज्नु भएको छ । त्यसको विषयमा जानकारीको लागि हामिलाई सम्झिनुहोस्    
  • भिजिटर्स संख्या

     
    Flag Counter
     


    नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम दयाको प्रतीक





    नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम दयाको प्रतीक

    الحمد لله رب العالمين والصلاة والسلام على رسول الله أما بعد !

     ((وَمَا أَرْسَلْنَاكَ إِلَّا رَحْمَةً لِلْعَالَمِينَ)) الأنبياء: ١٠٧

    कुनै व्यक्ति अरूको लागि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम जस्तै भनेर उदाहरणको कल्पना पनि गर्न सक्दैन |प्रसिद्ध फ्लॉस्फर "फॉल्टेयर" ले चर्चका धर्मलाम्बीहरूलाई सम्बोधित गर्दै भन्दछ: "रसूलको जुन ठूलो भूमिका छ यस पृथ्वीमा मानिसको लागि उचित छ कि त्यसलाई अपनाओसकम्तिमा मुहम्मदको विषयमा यो भनिन्छ: कि वहाँले किताब लिएर आउनु भयो र धैर्यको साथ त्यसको प्रचार प्रसार गर्नु भयो र त्यो इस्लाम कहिल्यै पनि परिवर्तन भएन | तर तपाई र तपाईका धर्मलाम्बीहरूले त आफ्नो धर्मलाई २० चोटी परिवर्तन गरी सकेका छन | (कैटरिना मोम्जनले बताए अनुसार: जोतह वल आलमिल अरबी, पृ० १८१)

    हामीलाई विश्वास छ कि आदमलाई यस पृथ्वीमा आउनु देखि आज सम्म बरु महाप्रलय सम्म इतिहासमा कुनै व्यक्तिले नबी मुहम्मद ﷐ जस्तो सम्मान स्वाभिमान र माया पाएको छैन |

    नबी सल्लल्लाहु अलैहि वसल्लम आफ्नो दया र मायाले यस संसारमा एउटा ठूलो परिवर्तन ल्याउनु भएको हो |

    साथै म यो पनि भन्न चाहन्छु कि वहांको अनुभव र अभ्यासको अध्ययन महत्तव र मायाको कुरो मात्र होइन, बरु लोक प्रलोक दुबै ठाउँमा सफलताको इच्छा राख्ने  हरेक व्यक्ति माथि अनिवार्य कुरो हो |

    नबी सल्लल्लाहु अलैहि वसल्लमको कथन कर्म तथा कुनै कुराको स्वीकृति चाहिं यस संसारमा सत्यको खोजी गर्नेतथा भलाई वा सुधारको चिंता राख्ने हरेक व्यक्तिको लागि ठूलो सम्पदा हो |   

    हरेक राम्रो कुराको उपदेश दिनु भयो र हरेक नराम्रो कुराबाटा रोक्नु भयो, र वहाँको यो बाटो यत्ति सरल र सजिलो पनि थिएन बरू दुख र कठिनाईहरु बाट अडिएको थियो, धेरैले वहांको विरोध गरें, टाढा र नजिकको सबैले वहाँ सित युद्ध गर्न तयार भएँ, तै पनि वहांको धैर्य टूटेन बरू यस प्रष्ट नीति बाट एउटा मजबूत बलियो किल्ला बनाईदिनु भयो , जुन सबैको लागि नमूना बनेयोर त्यस प्रष्ट नीतिको विषयमा भनी दिनुभयो :

    )قد تركتكم على البيضاء ليلها كنهارها لا يزيغ عنها بعدي إلا هلك" (إبن ماجه, ص: الألباني "

    मैले तिमीहरूलाई प्रष्ट उज्जालोमा छाडेको छु जसको राति पनि दिन जस्तै उज्जवल छआफूलाई बर्बाद पार्नेले मात्र त्यसबाट विचलित हुन्छ  |

    त आउनुस !  नबी सल्लल्लाहु अलैहि वसल्लमको कार्य शैली र व्यवहारबाट बुझौँ कि वास्तविकमा वहां दयाको प्रतीक हुनु हुन्थ्यो:

    यो रमज़ान महिना हो त्यसले गर्दा म चाहन्छु कि यसै सित सम्बंधित "नबी ﷐ दयाको प्रतीक" को कुरा सुरू गरौं, रमज़ान वर्तको महिना हो, वर्त बसेको अवस्थामा स्त्री सम्भोग गर्नु महा पाप हो, तर एक जनाले यो गल्ती गर्यो, अनि दयालु नबी सल्लल्लाहु अलैहि वसल्लमको व्यवहार सुन्नुस |

    अबू हुरैरहt ले भन्नु भएको छ कि: हामी नबी सल्लल्लाहु अलैहि वसल्लमसंग बसेका थियौं कि एक जनाले आएर भन्नु भयो: ((يا رسول الله, هلكت))हे अल्लाहको रसूल ﷐ म त बर्बाद भएँ, नबी ले सोध्नु भोके भयो ?  वहांले भन्नु भयो कि : म वर्त छु र यसै अवस्थामा मैले मेरी श्रीमतीसंग सम्भोग गरेंत अल्लाहको रसूल ﷐ ले वहां लाई भन्नु भयो: के कुनै गुलाम आज़ाद गर्न सक्छौ ? सहाबीले भने: सक्दिनफेरी नबी ﷐ ले सोध्नु भयो कि:  दुई महिना लगातार वर्त बस्न सक्छौ ? फेरी सहाबीले भने: सक्दिन, फेरी नबीसल्लल्लाहु अलैहि वसल्लम ले सोध्नु भयो कि: ६० जना गरीबलाई खाना खुवाउन सक्छौ ?  भन्नु भयो: सक्दिन, अनि नबी ﷐ त्यहीँ बस्नु भएको थियो कि यसै क्रममा खजूरको एउटाधोक्रो  ल्याइयोनबी सल्लल्लाहु अलैहि वसल्लमले पुकार्नु भयो "सोधिने व्यक्ति कहाँ छ ? " सहाबीले भने म हो ,भन्नु भयो यो लिनुस् र दान गर्दिनुस् | सहाबीले भन्नु भयो "आफू भन्दा गरीबलाई ? हे अल्लाहको रसूल ? अल्लाहको कसम यस मदीनामां म भन्दा गरीब कोही पनि छैन,नबी हाँस्न लाग्नु भयो र भन्नु भयो " लिनुस् आफ्नो परिवारलाई खुवाई दिनुस् |(बुखारी, मुस्लिम)

    विचार गर्नुहोस् !

    व्यक्तिले रमज़ानको वर्त बसेको अवस्थामा श्रीमति संग सम्भोग गरेर ठूलो पाप गर्योथाहा छ कि त्यसलाई दण्ड भोग्नु पर्छतर रसूल सल्लल्लाहु अलैहि वसल्लमले त्यस माथि रिसाउनु वा कुनै नराम्रो कुरा त्यसलाई भन्नु भएन बरु आफ्नो व्यापक दयाको साथ दण्डलाई गनाउन थाल्नु भयो र त्यसले कफ़्फ़ारा दिनमा असमर्थता देखाए पछि दुखी हुनु भएनबरु दानको खजूर आयो अनि त्यसलाई दिएर भन्नु भयो: यो लिनुस् र गरीबलाई दिएर आफ्नो पापको कफ़्फ़ारा दिहाल्नुस् , व्यक्ति पनि गजब र अचम्भकोमदीनामा सब भन्दा गरीबत्यसले गर्दा त्यसको इच्छा भयो कि त्यो खजूर आफै लियोस् !   

    अनि नबी ले के गर्नु भयो ? के यो भन्नु भयो कि यो व्यक्ति कुनै तरीकाले कफ़्फ़ारा दिन चांह्दिन ?  हैनबरु हाँस्दै त्यसलाई खजूर दिदिनु भयो र भन्नु भयो आफ्नो परिवारलाई खुवाई दिनुस् | यो वहाँको दया थियो गल्ती गरेको व्यक्ति संग |

    यसै प्रकार नबी   को दयाका फूलहरू मध्ये :

    • मक्का विजयी हुने दिन अबू बक्रले बूढा पाखा भएको आफ्नो बुवा "अबूक़ोहाफा" लाई काबामां इस्लाम ग्रहण गर्नको लागि नबी﷐  समक्ष ल्याउनु भयोत दयाको प्रतीक नबीले के भन्नु भयो:

    ] أحمدهَلَّا تَرَكْتَ الشَّيْخَ فِي بَيْتِهِ حَتَّى أَكُونَ أَنَا آتِيهِ فِيهِ[  शैखलाई घरमै किन छोड्नु भएन म आफै घरमा आई हाल्थें |

    विचार गर्नुस् ! विजयी प्राप्त गरेको ठूलो लीडर (नबी ) र अबू कोहाफा एउटा बूढा पखा व्यक्ति इस्लाम ल्याउनमां २० साल ढीलो गर्नु भयो तै पनि नबीसल्लल्लाहु अलैहि वसल्लमले वहांको सम्मान गर्दै भन्नु हुन्छ कि मलाई नै वहांको घरमां जानु उचित छ |  

    • बच्चाहरु प्रतिवहांको दया यस प्रकार थियो कि उनीहरूको रुवाई सनेमा सलात (नमाज़) छोटो गर्दिनु हुन्थ्यो | आफ्नो नातिनी उमामालाई बोकेर नमाज़ पढ्नु हुन्थ्यो अनि सज्दा गर्दा राखदिनु हुन्थ्यो र उठ्दा बोकिहाल्नु हुन्थ्यो | (बुखारी, मुस्लिम)
    •  यसै प्रकार गुलाम र नोकरहरू प्रति वहाँकोदया यस्तो थियो अबू मसऊद अंसरीले भन्नु भएको छ कि: एक चोटि म आफ्नो नौकरलाई पिट्दै थिए कि पछाडि बाट भन्दै सुनें« اعْلَمْ أَبَا مَسْعُودٍ لَلَّهُ أَقْدَرُ عَلَيْكَ مِنْكَ عَلَيْهِ » (अबू मस्ऊद जानि राख ! तिम्रो समर्थता त्यस नोकर माथि जत्ती छ, निश्चय नै अल्लाह त्यस भन्दा बढ़ी तिमी माथि समर्थ छ)  अनि पिछाड़ी मुंडेर देखें त नबी हुनुहुन्थ्योमैले भनें ! हे अल्लाहको रसूल मैले यसलाई आज़ाद गर्दिएनबीले भन्नु भयो: यदि  यो गर्नु भएन भने आगोले तपाईलाई समात्थ्यो (मुस्लिम)

    عَنْ عَائِشَةَ قَالَتْ مَا ضَرَبَ رَسُولُ اللَّهِ -صلى الله عليه وسلم- شَيْئًا قَطُّ بِيَدِهِ وَلاَ امْرَأَةً وَلاَ خَادِمًا (مسلم)

    आइशा रज़ियल्लाहु अन्हाले भनेकी छिन : नबी ले कहिल्यै पनि आफ्नो हातले कुनै चीजलाई पिट्नु भएनकुनै महिलालाई न त कुनै नोकरलाई | (मुस्लिम) 

    • यसै प्रकार नबी को दया गरीबहरू प्रति यस्तो थियो कि सक्दो गरीबको समस्या समाधान गर्न प्रयास गर्नु हुन्थ्योयदि आफूबाट हुँदैन्थ्यो भने सहाबालाई अनुरोध गर्नु हुन्थ्यो |

    सहल बिन सअद ले भन्नु भएको छ:कि एउटी महिलाले आफ्नै हातले कढ़ाई गरेकी चादर नबी कहाँ लिएर आइन, र भनिन कि हे अल्लाहको रसूल तपाईलाई लगाउनको लागि मैले आफ्नै हातले कढ़ाई गरेको छु, नबी लाई पनि त्यसको आवश्यकता थियो अनि लिनु भयो र त्यसलाई लगाएर हामीहरु बीच आउनु भयो, एक जनाले त्यसलाई धेरै मन पराउनु भयो अनि भन्नु भयो: कत्ति राम्रो छ मलाई पहिराई दिनु, अनि नबी ले त्यसलाई दिदिनु भयो, सहाबाले भन्न थाले कि तपाईले राम्रो गर्नु भएन, नबि लाई यसको आवश्यकता थियो, र तपाईले मांग लिनु भयो जबकि तपाईलाई थाहा छ कि नबी ले कसैलाई पनि नाहीं गर्नु हुन्न | अनि त्यस सहाबिले भन्नु भयो: कि अल्लाहको कसम ! यो चादर आफूले लगाउनको लागि मैले मांगेको होइन बरु आफ्नो कफ़न बनाउनको लागि मांगेको हो | मरे पछि त्यही वहाँको कफ़न भयो(बुखारी)  

    • आफ्नो दुश्मनसंग वहांको दया :जाबिर बिन अब्दुल्लाहले भन्नु भएको छ: एक व्यक्तिले दुश्मनीको कारण नबी माथि तलबार तानेर भन्यो (من يمنعك مني ؟) म बाट तपाईलाई कोले बचाउँछ ? नबी ले भन्नु भयो "الله" यो सुनेर त्यसको हातबाट तलबार खस्योअनि नबीले आफ्नो हातमां उठाएर भन्नु भयो (من يمنعك مني ؟) त्यसले भन्यो: तपाई दयाको प्रतीक बन्नुसनबी ले सोध्नु भयो(أتشهد أن لا إله إلا الله وأني رسول الله) के तिमी यस कुराको गवाही दिन्छौ की : अल्लाह बाहेक कोही सत्य पूज्य छैनर म अल्लाहको रसूल (संदेष्टा) हूँ ?भन्यो: हैन ! तर यो वचन दिन्छु कि कहिल्यै पनि तपाई सित युद्ध गर्दैन र तपाईसित युद्ध गर्नेहरूको साथ पनि दिन्ननबीले त्यसलाई त्यतिकै छाड़ दिनु भयोअनि त्यसले आफ्नो समुदायमा गएर भन्यो: आज म एउटा सर्वश्रेष्ठ व्यक्ति कहाँ बाट आउँदै छु  |(बुखारी, मुस्लिम,अहमद ) 
    • वहां भन्नु हुन्थ्यो  [مَنْ لَا يَرحمْ لاَ يُرحم](متفق عليه)"जस्ले दया गर्दैन त्यसमाथि दया गरिँदैन" (बुखारी, मुस्लिम)  
    • भन्नु हुन्थ्यो [ارْحَمُوا مَنْ فِي الأَرْضِ يَرْحَمْكُمْ مَنْ فِي السَّمَاءِ]ترمذي, ص:الألباني "जे जत्ती पनि यस पृथ्वीमा छन (मानिसचराजानवर ) सबैमाथि दया गर त्यसले गर्दा जे जत्ती आकाशमा छन तिमीमाथि दया गर्छन |" (तिर्मिज़ीस.अल्बानी)
    • हामी वहाँको पवित्र जीवनी पढ्दा भेट्छौं कि वहां बिरालो माथि पनि दया गर्नु हुन्थ्योर बताउनु भएको छ कि एउटी महिलाले बिरालो माथि अत्याचारको कारण नरकमां  गयो |

    ((دَخَلَتِ امْرَأَةٌ النَّارَ فِي هِرَّةٍ رَبَطَتْهَا فَلَمْ تُطْعِمْهَا وَلَمْ تَدَعْهَا تَأْكُلُ مِنْ خَشَاشِ الْأَرْضِ))متفق عليه

    एउटी महिला बिरालोको विषयमाँ नरकमाँ गयो, बिरालोलाई त्यसले बाँधेर राख्यो, अनि त्यसलाई खाना दिएन, र न त त्यसलाई छाड्यो कि त्यो पृथ्वीबाट खाओस | (बुखारी, मुस्लिम