हाम्रो वेबसाइटमा तपाईंको स्वागत छ, इस्लाम नै त्यो धर्म हो जसलाई अल्लाहले रोज्नु भएको छ । त्यसको विषयमा जानकारीको लागि हामिलाई सम्झिनुहोस्    
  • भिजिटर्स संख्या

     
    Flag Counter
     


    मुहम्म्द सल्लल्लाहु अलैहि व सल्लमको परिचय





    मुहम्म्द सल्लल्लाहु अलैहि व सल्लमको परिचय

    नाम: मुहम्मद्, र आमाले राखेकी नाम अहमद(सल्लल्लाहु अलैहि वसल्लम्)

    बुवाको नाम:अब्दुल्लाह,

    बाजेको नाम:अब्दुल् मुत्तलिब थियो,हाम्रो नबी माथि दया र शान्ति होस् (सल्लल्लाहु अलैहि वसल्लम्)

    उमेर: त्रिसठ्ठी(६३) वर्ष ४ दिन, ती मध्ये चालिस वर्ष ईश्दौत्य भन्दा पहिला, र २३ वर्ष ईश्दूतको पाला थियो |

    जन्म स्थान: साउदी अरबको प्रसिद्ध शहर मक्कामा २० वा २२ अप्रिल ५७१ ई० स०, तथा मृत्‍यु: १२ रबिउल औवल ११ हि० स० सोमबारको दिनमा भएको थियो ।      

    वहाँको निमन्त्रण: अल्लाहले वहाँलाई शिर्क अर्थात अनेकेश्वरवाद बाट डराउनु र एकेश्वरवाद तिर बोलाउनुको लागि पठाएको थियो ।

    वहाँको स्थान: आदम वंश मानिस जातिको सरदार, र सन्देष्टा समापक हुनुहुन्थ्यो । तसर्थ वहाँले बितिसके पछी अब महाँपर्लय सम्म कोही सन्देष्टा आउनेवाला छैन । अल्लाहले वहाँलाई सम्पूर्ण मानिस र जिन्न दुबै जातिका लागि रसूल अर्थात सन्देष्टा बनाएर पठाएको थियो । र हामी सबैलाई वहाँकै अनुसरण गर्ने आदेश दिएको छ, यसले गर्दा वहाँको अनुसरण गर्नु हामी सबै माथि अनिवार्य छ ।