हाम्रो वेबसाइटमा तपाईंको स्वागत छ, इस्लाम नै त्यो धर्म हो जसलाई अल्लाहले रोज्नु भएको छ । त्यसको विषयमा जानकारीको लागि हामिलाई सम्झिनुहोस्    
  • भिजिटर्स संख्या

     
    Flag Counter
     


    कुरआन कसरी अवतरण भयो ?





    कुरआन अल्लाहको वाणी हो भन्दा सबैलाई सन्देह हुन सक्छ तर कसरी कुरआन अल्लाहको वाणी हो र कुरआन कसरी अवतरण भयो भन्ने बारेमा यहाँ प्रष्ट पार्न चाहन्छु । १७ अगस्त सन् ६१० ई. शुक्रवारको रात थियो मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम "हिरा" भन्ने गुफामा सत्य प्राप्तिको लागि चिन्तन गरेर ईश्वर समक्ष नतमस्तक हुनुहुन्थ्यो त्यसैबेला अचानक गुफामा जिब्राईल दूत आउनु भयो र वहाँ (मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम) लाई छातिबाट लगाएर च्याप्नु भयो फेरी छांड़दिनु भयो, र भन्नु भयो इक्-रअ अर्थात पढ ।

    वहाँ (मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम) ले डराउँदै उत्तर दिनु भयो “मलाई पढ्न आउँदैन” अनि फेरी दोस्रो पटक छातिबाट लगाएर च्याप्नु भयो फेरी छांड़दिनु भयो, र भन्नु भयो । “इक्-रअ” पढ फेरी वहाँ (मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम) ले उत्तर दिनु भयो “मलाई पढ्न आउँदैन” तेश्रो पटक फेरी च्याप्नु भयो र छांड़दिनु भयो, अनि भन्नु भयो:  

    (१.) इक्-रअ बिस्मे रब्बिकल्लज़ी ख़-ल-क़ (२.) ख-ल-कल-इन्सा-न मिन अ-लक (३.) इक्-रअ व रब्बुकल-अकरम (४.) अल्लज़ी अल्ल-म बिल्-क-लम (५.) अल्ल-मल्- इन्सा-न मा लम् यअ-लम
    अर्थः- पढ आफ्नो ईश्वरको नाम लिएर जसले सृष्टि गर्‍यो। जसले मनुष्यलाई जमेको रक्तको थोपाबाट सृष्टि गर्‍यो । पढ र तिम्रो ईश्वर धेरै दयावान हुनुहुन्छ जसले कलम द्वारा ज्ञान दिएका छन् । जसले कलम द्वारा मनुष्यलाई त्यो सबै सिकाए जुन उसले जान्दैनथ्यो । (सूर अलक आयत १-५ )

    त्यो जिब्राईल नामक दूत (फरिश्ता) ईश्वरको तर्फबाट बोल्नु भएको थियो जो संसारको रचयिता र पालनहार हुनुहुन्छ ।

    यसरी मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई अल्लाहले आफ्नो सन्देशवाहक चुन्नु भयो र त्यो महान रात रमज़ानको शबेकद्रको रात थियो त्यसपछि पटक-पटक गरेर तेइस बर्षमा पुरा कुरआन अवतरित भएको थियो। जुन समयमा हजरत मुहम्मद सल्लल्लाहु अलैहि सल्लम मक्कामा हुनुहुन्थ्यो त्यस समयमा मक्कामा अवतरित भएको सूरहहरुलाई मक्की सूर: भनिन्छ भने मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम मक्काबाट हिजरत (प्रवास) गरेर मदिना जानु भयो त्सपछि अवतरित सूरहहरुलाई मदनी सूर: भनिन्छ र फेरी मक्का विजय पश्चात मक्कामा बसाईको अवस्थामा मक्कामा अवतरित भएता पनि त्यो सूरलाई पनि मदनी सूर नै भनिन्छ ।