हाम्रो वेबसाइटमा तपाईंको स्वागत छ, इस्लाम नै त्यो धर्म हो जसलाई अल्लाहले रोज्नु भएको छ । त्यसको विषयमा जानकारीको लागि हामिलाई सम्झिनुहोस्    
  • भिजिटर्स संख्या

     
    Flag Counter
     


    हेप्पी वर्थडे (जन्म दिनको शुभ-कामना) मनाउनु सही हो या ग़लत ?





    हेप्पी वर्थडे (जन्म दिनको शुभ-कामना) मनाउनु सही हो या ग़लत ?

    हेप्पी वर्थडे (जन्म दिनको शुभ-कामना) मनाउनु सही हो या ग़लत ? यस सम्बन्धमा जान्ने कोशिस गरौं । हामी आफ्नो जन्म दिनको अवसर पारेर सबै आफन्त र इष्टमित्र साथिभाईहरुलाई निमन्त्रणा गरी जन्म दिनको उपलक्ष्यमा केक काटेर धुमधामसँग मनाउने गर्दछौं । यो संस्कार भनेको पश्चिमा मूलबाट भित्रीएको आयातित संस्कार हो । तर हामी पनि यस संस्कारलाई धेरै रुचाउन थालिसकेका छौं । बत्ति निभ्यो भने अपशकुन मान्ने परापूर्व संस्कारलाई भूलेर बत्ति निभाउने संस्कार कसरी शुरु भयो ? हामी किन यसरी उल्टो संस्कारमा प्रवेश गर्यौ अचम्म लाग्छ । मलाई मात्र अचम्म लागेको होइन हाम्रा वृद्ध वृद्धा हजुर बा र हजुर आमा पनि छक्क पर्नु भएको छ तर केही आधुनिक र सहरिया हजुर बा र हजुर आमा भने यो संस्कारमा रमाउन थाल्नु भएको देखिन्छ । तर वास्तवमा हामी वर्थ डे मनाएर खुशी हुने होइन तर दुःखी हुनुपर्छ यस अर्थमा कि हरेक बर्ष हामी मृत्युको नजिक पुग्दैछौं र पुण्य कर्म गरेका छैनौं, मृत्यु पछि हाम्रो हालत कस्तो होला ? हामीले कहिल्यै आफ्नो जीवनको बारेमा सोच्ने गर्दछौं ? दिन प्रति दिन हाम्रो जीवनको एक-एक दिन घट्दैछ तर हामी कहिल्यै सोच्ने गर्छौं बर्ष भरिमा के के पुण्य कार्य गर्यौ र के के पाप काम हामीबाट भयो भनेर ? जसरी एकजना व्यापारीले हरेक दीन आफ्नो व्यापारको लेनदेनको बारेमा हिसाब किताब गर्छ । कतिको सामान बिक्री भयो, कति उधारो गयो, कति नगद कारोबार भयो, कति सामान बाँकी छ र के के सामान सकिएको छ, ठीक यसै गरी तपाई हामी पनि बर्षभरीमा आफुबाट भएका पुण्य कार्य र पाप कार्यको हिसाब किताब गरौं। हामीले बर्ष भरिमा के के काम गर्यौ जुन मृत्यु पछि हामीलाई त्यस भयानक सजायबाट जोगाउन सक्छ, त्यसको लेखाजोखा गर्नुहोस् र पुण्यलाई वृद्धि गर्ने र पापलाई घटाउने उपाय सोचौं । किन र कसरी यी पापहरु हामीबाट हुन गए र कसरी आफुलाई त्यस पापकार्यबाट जोगाउन सकिंन्छ । एकान्तमा कपि कलम लिएर लेखौं, र हरेक बर्ष आफुलाई कसरी सुधार्ने त्यो विषयमा समयमै सोचौं नत्रता हामी कुन दिन यस लोकबाट बिदा हुनेछौं हामीलाई थाहा छैन र मौका नै नपाएला आफुलाई सुधार्ने !
    पाप कार्य त्यो हो जुन काम गर्दा आफ्नो हृदयमा खट्किन्छ र धर्म कार्य त्यो हो जुन गर्दा आफ्नो मन प्रसन्न हुन्छ । चाहे जति सुकै निर्दयी र पापी किन नहोस् तर उसको मनमा अवश्य नै आफुले गरेको पापले भित्र-भित्रै उसलाई पोल्छ ।  निश्चय नै मैले फलानोलाई अन्याय गरेको छु भनेर !

    हदीसबाट प्रमाणः

    नव़ास बिन सम्आन (रज़ियल्लाहु अन्हु) ले बयान गर्नु भएको हो । वहाँ अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाईलाई पुष्टि गर्दै भन्नुहुन्छ; “पुण्य उत्तम आचरणलाई भनिन्छ र पाप त्यो हो जुन तिम्रो हृदयमा खट्किन्छ र तिमी यसको बारेमा अरुलाई जानकारी नहोस् भन्ने चाहन्छौ।” (मुस्लिम)

    वाबसा बिन माबद (रज़ियल्लाहु अन्हु) बयान गर्नु हुन्छः म अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) कहाँ गएं, वहाँले भन्नुभयो; “के तिमी पुण्यको बारेमा सोध्न आएका हौ ?” मैले भने ‘हो’ नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, “आफ्नो हृदयसँग सोध ! पुण्य त्यो हो जसमा मन र हृदय सन्तुष्ट हुन्छन् र पाप त्यो हो जसबारे मनमा खुलदुली उत्पन्न हुन्छ र हृदयमा त्यसको सही वा गलत हुने बारे खट्का लागि रहेको हुन्छ चाहे मानिसहरु त्यसबारे जायज हुने फतवा किन नदिउन् ।”

    यो हदीस हसन हो, जुन मैले इमाम अहमद बिन हंबल (रहेमाहुल्लाह) र इमाम दारमी (रहेमाहुल्लाह)को मुस्नदहरुबाट हसन इस्नादको साथ बयान गरेको हुँ ।

    पाप के के र कस्ता कस्ता हुन्छन् ?  

     (क) एउटा हुन्छ जानाजानी गर्ने पाप।

     (ख) अरुको लहैलहैमा या साथिभाईको बाध्यता र करकापमा गर्ने पाप।

    (ग) झुक्किएर अन्जानमा हुने पाप ।

    (क) जानाजानी गर्ने पापः हामीले जानाजानी गर्ने पाप भनेको हत्या, बलात्कार, डकैत, चोरी, हुन् ।

    (ख) अरुको लहैलहैमा या साथिभाईको बाध्यता र करकापमा गर्ने पापः यो पाप पनि ‘क’ मा समावेश हुन आउँछ ।

    (ग) अन्जानमा गरिने पापहरु भनेको विवाहमा बन्दुक पड्काउँदा झुक्किएर मानिस मर्नु हो या ख्याल-ख्याल गरेर हान्दा अचानक मर्नु हो, या जुन चीजले हान्दा मर्ने सम्भावना हुँदैन तैपनि मर्यो भने यी पापहरुमा अदालतले पनि अवस्था हेरी सजाय कम गर्न सक्छ भने जाना-जानी गरेको पापमा हदैसम्म सजाय हुन्छ र ईश्वरको अदालतमा पनि कठोर सजाय हुन्छ ।

    तर बिडम्बनाको कुरा यो छ हामी संसारीक लेन देन र व्यवहारमा मात्र भुलेका छौं,  मृत्यु पछिको लागि उपयोगी हुने के-के काम गर्यौ त ? यसको बारेमा कहिले पनि सोच्ने गर्दैनौं किनकि हामीलाई संसारीक माया जालमा भुल्दै ठिक छ । हामीले देखेकै छैनौं पाप गरे के सजाय हुन्छ र पुण्य गरे के फल पाइन्छ भनेर भने हामी किन र कसरी विश्वास गर्छौं त ? किनकि हामी आफ्नो आँखाले नदेखेको कुरालाई पटक्कै विश्वास गर्दैनौ । हामी ठान्छौं यो त काल्पनिक र भ्रम कुरा मात्र हो भनेर । केही दिन पहिले मात्र मैले एक जना ईसाई मित्रसंग धार्मिक विषयमा छलफल गर्दा वहाँ भन्नु हुँन्थ्यो स्वर्ग र नरक भन्ने मात्र एउटा भ्रम हो मानिसलाई डराउनको लागि भनिएको हो भनेर । म त अचम्ममा परें । फेरि अर्को हिन्दु मित्रसंग पनि यसरी नै स्वर्ग र नरकको बिषयमा छलफल भयो वहाँ पनि भन्नु हुंन्थ्यो मेरो विचारमा त स्वर्ग र नरक यही छ । जसले गरीबीको जीवन बिताउन बाध्य छ उसको लागि नरक भयो, जसले धेरै धन कमायो र आनन्दसंग जीवन बिताउन पाएको हुन्छ उसको लागि यही ठाउँ स्वर्ग हो । किन र कसरी अल्पज्ञानका आधारमा मानिस आफ्नो अज्ञानतामा जिद्दी गर्दछन् ।

    ईश्वरले हामीलाई सृष्टि गरेर दुईवटा बाटो हिंड्नलाई स्वतन्त्र दिनु भएको छ, चाहे जो गर, पुण्य कर्म गर या पाप………….. । कसैले पुण्य कर्म गर्दछ भने कसैले पाप । जसले पुण्य कर्म गर्छ उसको लागि स्वर्ग छ र जसले पाप कार्य गर्छ उसको लागि नरक छ । तर ईश्वरले हामीलाई सृष्टी गरेर मानवहरुलाई सही मार्गदर्शन गर्नका लागि हरेक युगमा ईश्वरीय ग्रन्थ र संदेष्टा मार्फत सही मार्गदर्शन गराउनु भएको छ । जसलाई हिन्दु धर्मग्रन्थमा अवतार, अंग्रेजीमा प्राफेट र अरबी भाषामा नबी तथा रसूल भनिन्छ । हामीले कुन कर्म सही वा कुन कर्म गलत हो भन्ने छुट्टाउन सक्दैनौं जबसम्म कुनै धार्मिक व्यक्तिले बताउँदैन । जब हामीले धार्मिक शिक्षाको माध्यमबाट सही कर्म यो हो भन्ने ज्ञान पाउँछौं । तब उनिहरुले दिएको ज्ञानलाई विश्वास गर्नु पर्छ कि यो सास्वतः सत्य हो भनेर ?  

    एकजाना धर्मात्मा व्यक्ति छ उसले सधै पुण्य कार्य गर्दछ र कसैलाई अत्यचार गर्दैन र अर्को मानिस छ जो उदाहरणको लागि हिटलर जो रक्त पिपासु थियो। जसले लाखौं मानिसलाई इलेक्ट्रीक चेम्बरमा हालेर मारिदियो । के तिनीहरु दुबैलाई मृत्यु नै सजाय हो त ? तड्पाई तड्पाई कठिन भन्दा कठिन यातना दिएर सजाय दिए कम हुन्छ । किनकि त्यसले त बस एउटा ज्यानले त सजाय पाउने छ लाखौं ज्यानलाई तड्पाएर मृत्यु दिएको लाखौं पटक उसलाई त्यसरी नै सजाय पाउनु पर्ने होइन र ? तर किन पाउँदैन त ? किनकि ईश्वरले हामीलाई जुन यातना दिनेछन् त्यो नै उसको लागि सही सजाय हुनेछ । हामी यस संसारमा एक मिनेट पनि आगोमा बाँच्न सक्दैनौं तर ईश्वरले त्यस पापीलाई सधै जीवित राखी आगोमा जलाउऩु हुनेछ । उ मर्दैन खुब तड्पिन्छ, खुब रोई कराई गर्छ, तर कहिल्यै त्यो सजायबाट उम्किन पाउँदैन । वास्तविक सजाय त्यो हो जुन एक पापीले पाउनु पर्ने हो, तब उसले पापको बदला मजा चाख्ने छ ।

    कुरआनबाट प्रमाण

    सूरह अल गाशियह, आयत नं. 4- तिनीहरु दन्कँदो अग्नीमा जाकिनेछन्।

    आयत नं. ५- तिनीहरुलाई तातो मुहानबाट उम्लँदो पानी खुवाइनेछ ।

    आयत नं. ६- काँडैकाँडा भएको सुकेका घाँसबाहेक अरु कुनै खाध्यान्न तिनीहरुले पाउने छैनन् ।

    आयत नं. ७- जसले न पोषण दिन्छ न भोक नै मार्छ ।