हाम्रो वेबसाइटमा तपाईंको स्वागत छ, इस्लाम नै त्यो धर्म हो जसलाई अल्लाहले रोज्नु भएको छ । त्यसको विषयमा जानकारीको लागि हामिलाई सम्झिनुहोस्    
  • भिजिटर्स संख्या

     
    Flag Counter
     


    मुहर्रम र आशूराको महत्व तथा ब्रत





    मुहर्रमको महिना आउने बित्तिकै इस्लाम बिरोधी तथा अज्ञानीहरु इस्लामको नाम लिएर इस्लाम विपरीत कार्यहरुमा धाउन थाल्छन् , तसर्थ जरूरी छ कि हामी कुरआन र हदीसको संग्रह बमोजिम यास वास्तविकतालाई बुझौँ र यस महिनाको आदर गरौं | 

    मुहर्रमको महिना अरबी महिनाहरुमध्ये पहिलो महिना हो, यसको महत्व यसबाट पनि प्रष्ट हुन्छ कि यसलाई अरबी भाषामा “शहरुल्लाहिल मुहर्रम” अल्लाहको महिना भनिन्छ। मुहर्रमको महिना यति महत्वपूर्ण हुनको साथ-साथै प्रतिष्ठितवाला महिनाहरु मध्ये पनि एउटा हो। इस्लामी सिद्धान्त बमोजिम जुल्कअदा, जुल्हिज्जा, मुहर्रम र रजब प्रतिष्ठितवाला महिना हुन्।

    वास्तवमा इस्लाम धर्ममा पाप-अपराध र अन्याय-अत्यचार गर्नबाट जहिले पनि मनाहि गरिएको छ। तर यी प्रतिष्ठितवाला-आदर-सम्मानजनक-महिनाहरुमा पाप-अपराध गर्नु अझ ठूलो पाप हो। यसको आदर-सम्मान गर्नालाई नै यी महिनामा युद्धका लागि पहल गर्नबाट पनि मनाही गरिएको छ। जे जस्तो कारण भएपनि यो स्पष्ट छ कि हज्ज जुल्हिज्जाको महिनामा गरिन्छ। यसर्थ हज्जमा बरु हज्ज भन्दा पहिला र पछि शान्तिको कति आवशयकता हुन्छ ॽ यो अवगत नै होला। मानिसहरु संसारको कुना-काँप्चाबाट हज्ज गर्नका लागि मक्का पुगेर शान्तिपूर्ण रुपमा इस्लामको यस स्तम्भलाई इस्लामी सिद्धान्त बमोजिम पूरा गर्न चाहन्छन्। अनि जुल्कअदाको महिना जुल्हिज्जा भन्दा पहिला र मुहर्रम जुल्हिज्जा पछिको महिनालाई भनिन्छ। यसर्थ पनि यिनको आदर-सम्मान गर्नु अत्यन्तै आवशयक छ। यसै प्रकार रजबको महिनाको आदर-सम्मानको आदेश हुनाले त्यसमा पनि पाप-अपराध गर्नलाई ठूलो पाप घोषित गरिएको छ। जस्तै अल्लाहले पवित्र कुरआनमा भन्नुभएको छ :

    إِنَّ عِدَّةَ الشُّهُورِ عِندَ اللهِ اثْنَا عَشَرَ شَهْراً فِي كِتَابِ اللهِ يَوْمَ خَلَقَ السَّمَاوَات وَالأَرْضَ مِنْهَا أَرْبَعَةٌ حُرُمٌ ذَلِكَ الدِّينُ الْقَيِّمُ فَلاَ تَظْلِمُواْ فِيهِنَّ أَنفُسَكُمْ [سورة التوبة :३६]

    अल्लाह कहाँ महिनाको गणना त्यसै दिनदेखि बाह्र रहेको छ,जुन दिन उहाँले आकाशहरु तथा पृथ्वीको सृजना गरे। अनि त्यसमध्ये चार वटा महिना आदर-सम्मानका छन्। यो सोझो धर्म हो,यसर्थ तिमीहरु खास गरि यस महिनामा आफूमाथि अत्याचार नगर। (सूरह तौबा / ३६

    हदीसमा छः साल बाह्र महिनाको हुन्छ, जसमा चार हुर्मतवाला(आदर-सम्मानका) महिना हुन्। तीन महिनाहरु यसप्रकारका छन्, जुल्काअदा ,जुल्हिज्जा र मुहर्रम निरन्तर एकअर्का पछि आउँछन् र चौथो महिना मुजरको रजब हो, जुन जुमादा र शाबानको बीचमा पर्दछ।  (हदीसको संग्रह: बुखारी)

    हदीसमा रजबलाई मुजरको रजब भन्नको कारण यो हो कि मुजर समुदायका मानिसहरु उक्त महिनाको अत्यधिक आदर-सम्मान गर्थे।

    मुहर्रममा ब्रत

    एउटा हदीसमा छः रमजान महिनाको ब्रतपछि मुहर्रम महिनामा ब्रत बस्नु सबैभन्दा श्रेष्ठ हो र अनिवार्य(फर्ज) नमाजपछि सर्वश्रेष्ठ नमाज़ रातको नमाज़ हो। (हदीसको संग्रहःमुस्लिम)

    उक्त हदीसमा मुहर्रम महिनामा अत्यधिक ब्रत बस्नका लागि प्रोत्साहित गरिएको छ। यसर्थ यसमा ब्रत बस्नु अत्यन्तै पुण्यको काम हो। खासगरि आशूराको ब्रत अर्थात् मुहर्रमको १० तारिकको ब्रत, तर १० तारिकको ब्रत बस्नप्रति यति ध्यानाकर्षण गराउनको कारण के हो | सर्वप्रथम कुरो यो हो कि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले यसको ब्रत बस्नुभयो र आफ्ना सहाबीहरुलाई पनि ब्रत बस्न आदेश दिनुभयो। साथै मुहर्रमको १० तारिक ऐतिहासिक रुपमा एउटा ठूलो घट्नासँग सम्बन्ध राख्दछ जसलाई कहिले पनि बिर्सन सकिंदैन। त्यस कारणले पनि यो दिनमा ब्रत बसिन्छ जसको पुष्टि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले आफै गर्नुभएको छ।

    जस्तै इब्ने अब्बास रज़ियल्लाहु अन्हुमाले भन्नुभएको छः अल्लाहका सन्देष्टा (मुहम्मद) सल्लल्लाहु अलैहि व सल्लम (मक्काबाट प्रवास गरी) जब मदीना जानु भयो, उहाँले यहूदीहरुलाई आशूराको दिनको ब्रत राखेको देखे । अनि नबी सल्लल्लाहु अलैहि व सल्लमले उनीहरुसित सोध्नुभयोः “तपाईंहरु आज किन ब्रत बस्नु हुनुहुन्छ ? ”उनले भने: यो एक महान दिन हो, यसै दिन अल्लाह तआलाले बनी इस्राईल र मुसा अलैहिस्सलामलाई उनको शत्रुहरुबाट मुक्ति प्रदान गरेका थिए, फिरऔन र उसको समूदायलाई (समुद्रमा) डुबाई दिएका थिए। त्यसपछि मूसा अलैहिस्सलामले कृतज्ञता प्रकट गर्दै यस दिनमा ब्रत बस्नुभएको थियो, यसर्थ हामीले पनि यस दिनको ब्रत बस्छौ । नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः  “म मूसाको अनुसरण गर्नलाई तिमी भन्दा धेरै योग्य छु ।  अनि नबी सल्लल्लाहु अलैहि व सल्लमले त्यस दिन ब्रत बस्नुभयो र सहाबीहरुलाई पनि ब्रत बस्न आदेश दिनुभयो।” (हदीसको संग्रहः बुखारी र मुस्लिम)

    आशूराको ब्रतका लाभहरु

    मुहर्रमको ब्रत बस्नाले पहिलेको एक बर्षको साना-तिना पापहरु क्षमा गरिन्छ, जस्तै हदीसमा छः “यसले एक बर्ष पहिलेको साना-तिना पापहरुलाई समाप्त पार्छ।” (हदीसको संग्रहःमुस्लिम)